काठमाडौँं । नेपालकै अग्रणी भुक्तानी नेटवर्क फोनपे र सामाजिक सुरक्षा कोष बीच प्रवासी नेपाली श्रमिकलाई लक्षित गर्दै डिजिटल माध्यमबाट कोषमा योगदान बुझाउने सुविधा सुरु गर्ने सम्झौताभएको छ।
अब विदेशमा रहेका नेपाली श्रमिकले फोनपे नेटवर्कअन्तर्गतका बैंकको मोबाइल बैंकिङ एपमार्फत सीधै सामाजिक सुरक्षा कोषमा योगदान बुझाउन सक्नेछन्। यस पहलले फोनपे नेटवर्कको पहुँच र प्रविधिको उपयोग गरी योगदान प्रक्रिया अझ सहज र सुलभ बनाउने लक्ष्य राखेको छ।
म्झौतामा फोनपेका प्रमुख सञ्चालन अधिकृत पारस कुँवर सामाजिक सुरक्षा कोषका कार्यकारी निर्देशक कविराज अधिकारीले हस्ताक्षर गरेका हुन्।
दुबै संस्थाका वरिष्ठ पदाधिकारीको फोनपे नेटवर्कको व्यापक पहुँचका कारण यो सहकार्य प्रवासी नेपाली श्रमिकका लागि निकै उपयोगी हुनेछ। यसले उनीहरूलाई सामाजिक सुरक्षा कोषमा सहज तरिकाले योगदान गर्न सहयोग पुर्याउनेछ र रेमिट्यान्स पठाउन औपचारिक च्यानलको प्रयोगलाई पनि प्रोत्साहन गर्नेछ ।
सो अवसरमा सामाजिक सुरक्षा कोषका कार्यकारी निर्देशक कविराज अधिकारीले फोनपे नेटवर्कमार्फत मोबाइल बैंकिङ प्रयोग गरी योगदान प्रक्रिया अझ सरल र पहुँचयोग्य हुने विश्वास व्यक्त गर्नुुभयो ।
यसले प्रवासी श्रमिक र नेपालको सामाजिक सुरक्षा प्रणालीबीचको सम्बन्ध अझै मजबुत बनाउने उहाँको भनाई छ । यो सेवा अहिले फोनपे बिल्स प्लेटफर्ममार्फत सुरु भइसकेको छ, जुन नेपालका सबै बैंक र वित्तीय संस्थाको मोबाइल बैंकिङ एपमार्फत उपलब्ध छ।
सामाजिक सुरक्षा कोष नेपाल सरकारद्वारा सञ्चालित एउटा योजना हो, जसले औपचारिक र अनौपचारिक दुवै क्षेत्रका श्रमिकलाई स्वास्थ्य, निवृत्ति, दुर्घटना लगायत विभिन्न प्रकारका सामाजिक सुरक्षा सुविधा प्रदान गर्छ।







