काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले नीतिगत सुधारले विदेशी लगानी स्वीकृति दर बढ्दै गएको बताउनुुभएको छ ।

रोजगारदाताको अन्तर्राष्ट्रिय संगठनका महासचिव रोबर्टो स्वारेज सान्तोससँग शुुक्रबार भएको भेटमा मन्त्री भण्डारीले सरकारले व्यवसायमैत्री तथा लगानीमैत्री वातावरण निर्माणसँगै लगानी भित्र्याउनका लागि नीतिगत, कानुनी र प्रक्रियागत सुधार भईरहेकोले त्यसको परिणामस्वरुप विदेशी लगानी स्वीकृतिका दर क्रमशःवृद्धि भईरहेको मन्त्री भण्डारीले जानकारी दिनुुभयो ।

ADVERTISEMENT

मन्त्री भण्डारीले कोभिड महामारी तथा विश्व आपूर्ति शृङ्खलामा देखिएका अवरोधका बावजूद नेपालको अर्थतन्त्र पुनरुत्थानको क्रममा रहेको उल्लेख गर्दै नेपालको आर्थिक विकासमा निजी क्षेत्रको अग्रणी भूमिका रहेको धारणा राख्नुुभयो ।

नेपालको सन् २०२६ मा अति कम विकसित मुलुकबाट हुने स्तरोन्नति तथा दिगो विकास लक्ष्य प्राप्तिको सन्दर्भमा थप स्रोत, प्रविधि, क्षमता विकास र साझेदारी आवश्यक रहेकाले पनि नेपाली निजी क्षेत्रबीच साझेदारी प्रवद्र्धन हुने मन्त्री भण्डारीले अपेक्षा व्यक्त गर्नुुभयो ।

ADVERTISEMENT

मन्त्री भण्डारीले महासचिव सान्तोसलाई नेपालमा रहेका लगानी सम्भावनाका बारेमा विश्वभरका लगानीकर्तामाझ सूचनाको सम्प्रेषण, नेपालका साना तथा मझौला उद्यमी व्यवसायीको क्षमता विस्तार तथा आधुनिक प्रविधिको हस्तान्तरण लगायतका क्षेत्रमा नेपालको निजी क्षेत्रसँग सहकार्य विस्तार गर्न अनुरोध गर्नुभयो ।

भेटमा रोजगारदाताको अन्तर्राष्ट्रिय संगठनका महासचिव सान्तोसले नेपालको लगानी सम्भावना तथा अति कम विकसित मुलुकबाट हुने स्तरोन्नतिले सिर्जना गरेको अवसर र चुनौतीको बारेमा यस भ्रमणका बारेमा थप बुझ्ने मौका प्राप्त गरेको जानकारी गराउनुभयो । विश्वव्यापी सञ्जाल रहेको संस्थाको रुपमा रहेकाले नेपालको साना तथा मझौला उद्यमीको क्षमता विस्तारमा सहकार्यको पहल भईरहेको उहाँको भनाई छ ।

भेटमा आगामी दिनमा समेत नेपालको निजी क्षेत्रसँग सहकार्यका थप सम्भावनाको खोजी गर्ने तथा नेपालमा लगानी विस्तारका लागि सूचना सम्प्रेषणमा सहकार्य गर्ने विषयमा समेत छलफल भएको मन्त्रालयले जनाएको छ ।