काठमाडौं । एमाले केन्द्रीय कमिटी बैठक पार्टी कार्यालय च्यासलमा सुरु भएको छ । बैठकको अध्यक्षता प्रधानमन्त्रीसमेत रहेका केपी ओलीले गरेका छन् ।
ठकमा आगामी भदौ २०–२२ मा ललितपुरको गोदावरीमा तय गरिएको विधान महाधिवेशनका लागि तयार गरिएको प्रारम्भिक मस्यौदा प्रस्तुत गरिनेछ। विधान मस्यौदा समितिका संयोजक तथा पार्टी उपाध्यक्ष विष्णु पौडेलले सचिवालय र पोलिटब्युरोबाट स्वीकृत मस्यौदा केन्द्रीय कमिटीमा पेस गर्नेछन्।
एमाले केन्द्रीय कमिटीको रिपोर्टिङ गर्न पुगेका पत्रकारलाई कार्यालय प्रवेशमा रोक लगाइएको छ । विभिन्न सञ्चारमाध्यमका दर्जनौं पत्रकारलाई सडकमै उभ्याइएको छ ।
अन्य बेला प्रेस स्वतन्त्रताबारे भाषण दिने अध्यक्ष ओलीदेखि एमालेका विभिन्न नेताहरूले यसपटक भने पत्रकारलाई रिपोर्टिङ गर्नै रोकेका छन् । अरु दलको केन्द्रीय समिति बैठकमा पत्रकार र मिडियालाई प्रवेश गर्न दिइए पनि एमालेले भने पत्रकारलाई सडकमै रोकेको छ । कार्यालय परिसर भित्रसमेत जान दिएको छैन ।





