काठमाडौं । बंगलादेशमा जारी साफ यू–२० महिला च्याम्पियनसिपको आफ्नो चौथो खेलमा नेपालले बिहिबार फेरि श्रीलंकासँग खेल्दै छ ।

डबल राउन्ड रोबिन लिगमा भइरहेको प्रतियोगितामा नेपालले श्रीलंकासँग दोस्रोपटक खेल्न लागेको हो । यो श्रीलंकासँग लगातार खेल पनि हुनेछ । मंगलबार भएको खेलमा नेपाल ७० ले विजयी भएको थियो । बिहिबारको खेल बसुन्धरा स्पोर्ट्स मैदानमा नेपाली समयअनुसार दिउँसो पौने ३ बजेदेखि सुरु हुनेछ ।

ADVERTISEMENT

यस अघि बसुन्धरा किङ्स एरेनामा हुँदै आएपनि अबका चार खेलहरू सातौं, आठौं, नवौं र दशौं खेलहरू अब बसुन्धरा स्पोर्ट्स ग्राउन्डमा हुने भएका छन्।

ADVERTISEMENT

मंगलबार भारी वर्षाका कारण किङ्स एरेनाको मैदान बिग्रिएको थियो । त्यही कारण बंगलादेश र भुटानबीचको खेलको दोस्रो हाफ नै सुरु हुन नसक्दा अर्को मैदानमा खेलाइएको थियो ।

नेपालकै खेल पनि ढिलागरी अर्को मैदानमा सुरु भएको थियो । नेपालले आफ्नो पहिलो खेलमा शुक्रबार भुटानलाई ६–१ गोलअन्तरले हराएको थियो भने दोस्रो खेलमा बंगलादेशसँग ३–२ गोलअन्तरले पराजित भएको थियो ।

ADVERTISEMENT