काठमाडौं । नेसनल लघुवित्त वित्तीय संस्था नागरिक लगानी कोषले सञ्चालन गरेको उपदान तथा पेन्सन योजनामा आवद्ध भएको छ ।

लघुवित्तमा कार्यरत करिब ६ सयजना कर्मचारी सो योजनामा आवद्ध हुनेसम्बन्धी सम्झौतामा कोषको तर्फबाट कार्यकारी निर्देशक पर्वतकुमार कार्की र लघुवित्तको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रामबहादुर यादवले हस्ताक्षर गरेका छन् ।

ADVERTISEMENT

कोषको योजनामा संगठित संस्था तथा त्यस्ता संस्थाका कर्मचारीहरू सहभागी हुन सक्ने व्यवस्था छ । यसअन्तर्गत योगदानमा वा गैरयोगदानमा आधारित भएर संघ–संस्थाले उपदान कोष व्यवस्थापन गर्न सक्नेछन् । सोही व्यवस्थाअनुसार ‘घ’ वर्गको राष्ट्रियस्तरको लघुवित्त कोषको उपदान योजनामा आवद्ध भएको हो ।

ADVERTISEMENT

लघुवित्तले हाल देशभर १८५ शाखामार्फत ७४ जिल्लामा दुई लाख ४१ हजार घर परिवारमा लघुवित्त सेवा प्रदान गर्दै आइरहेको छ ।