नेपालको कानुनले २० वर्षपछि बिहे गर्नु भनेको छ । प्रधानमन्त्रीजीले २० वर्षमा बच्चा जन्माउनु भन्नु भयो । यसको मतलब बिहे नगरी पनि बच्चा जन्माउँदा हुने अर्थ लगाउन पनि सकियो । (ठ्याक्कै यही मात्र अर्थचाहिँ हैन)

नागरिकता बनाउन नपाएका बाउको लफडावाला बालिगहरूको नागिकता बनाउन पाउँ भन्ने निवेदनका फायलहरू गृह मन्त्रालयमा कति हजारको संख्यामा पेन्डिङ छन् ? नागरिकता दिएर तिनलाई बरू छिटोभन्दा छिटो सम्बोधन गर्नु भनेर भनिदिएको भए हुन्थ्यो ।

ADVERTISEMENT

सामान्यतया १६ बर्षमा एसइइ, अठार वर्षमा प्लस टु, बाईस वर्षमा स्नातक, पच्चीस वर्षमा स्नातकोत्तर पढाइ सकिन्छ । यदि फटाफट पढाइ, परीक्षा र रिजल्ट हुने हो भनेँ । त्यसपछि आत्मनिर्भर हुने बाटो खोज्नुपर्यो । पढालेखाको लागि यो मुख्य लफडा हो ।

ADVERTISEMENT

अब ३० वर्षसम्ममा तीनवटा बच्चा जन्माउन कति वर्षदेखि थाल्नुपर्यो ? स्वास्थ्यविज्ञहरू भन्छन्, कम्तीमा पाँच वर्षको अन्तरमा बच्चा जन्माउनु भनेर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सरकारी सञ्चारमाध्यमबाट विज्ञापन बजाएको सुनिन्थ्यो नै ।

प्रधानमन्त्रीजीको कुरा मान्न स्नातक पढ्दापढ्दैका केटीहरूले बच्चा जन्माउन थाल्नुपर्ने देखियो । कहिले जागिर खानु ? कहिले आत्मनिर्भर हुनु ? कि केटीहरूले देशको जनसंख्या गडबडलाई व्यवस्थापन मात्र गर्नुपर्ने जिम्मेवारी हो ?

ADVERTISEMENT

जागिरे आमा जसका बच्चा हेरिदिने भएनन्, मान्छे राख्न तलबले पुग्दैन । अनि जागिर छोडेका तिनलाई सम्बोधन गर्नु । बच्चा जन्माउन नसकेर र सुत्केरीपछि मर्ने आमा छन् । तिनका बारेमा बोल्नु, अस्पताल जाँदै गर्दा बाटोमा बच्चा जन्माउनेका बारेमा बोल्नु ।

यो देशका वरिष्ठदेखि त कनिष्टसम्मलाई स्त्री को हुन् ? के हुन् ? भनेर चिन्ने आँखा कहिले खुलाउनु । यो त डरलाग्दो बिडम्बना हो ।

(अधिकारकर्मी आभासको फेसबुकबाट)