काठमाडौँं । प्रभुु बैंकका सुुचना अधिकारी रविन्द्र ढकालले मौद्रिक नीतिले बैंकहरूको समस्या, व्यवसायहरूको चुनौती, घरजग्गा बजारको सुस्तता र शेयर बजारको निष्क्रियता सम्बोधन गर्न खोजिएको बताउनुुभएको छ ।
नेपाल राष्ट्र बैंकले शुुक्रबार सार्वजनिक गरेको आगामी आर्थिक वर्षको मौद्रिक नीतिले उद्यमी व्यवसायीहरूलाई सहुलियत, वित्तीय क्षेत्रका समस्यामा सुधारको सुरुवात, भविष्यका पूर्वाधारप्रति प्रतिबद्धता–समग्रमा नीति सन्तुलित, व्यावहारिक र सकारात्मक देखिएको सुचना अधिकारी ढकालले जानकारी दिनुुभयो ।
कतिपय नीतिगत व्यवस्थाहरूको वास्तविक असर राष्ट्र बैंकको विस्तृत निर्देशनपछि मात्र मूल्याङ्कन गर्न सकिने भए पनि, अहिलेसम्म सार्वजनिक मस्यौदाका आधारमा नै यो नीति उदार, समावेशी र स्थायित्वमुखी देखिएको उहाँको भनाई छ । मौद्रिक नीति उपुुक्त देखिएकाले प्रभावकारी ढंगले कार्यान्वयनमा उहाँले जोड दिनुुभयो ।
समयमै (आषाढमै) सार्वजनिक भएको यो नीति गभर्नरको व्यावहारिक सोच र निर्णय क्षमताको प्रतिबिम्ब हो । नीति साउन १ देखि लागू हुने गरी समयमै ल्याउनु आफैंमा उदाहरणीय उपलब्धि भएकाले गभर्नरको टोलीसहित सम्पूर्ण राष्ट्र बैंक परिवारलाई उहाँले धन्यवाद दिनुुभयो ।
मौद्रिक नीतिमा घर तथा साना कर्जामा सहजीकरण गरी घर कर्जा सीमा ३ करोड, मूल्यांकनको ८० प्रतिशतको व्यवस्था गरिएको छ । दश लाख सम्मको कर्जामा प्रक्रिया सहज र व्याजदरमा आधार दर दुुई प्रतिशत कायम गरिएको छ ।
नीतिले घरजग्गा र उपभोग बजारमा गति, मध्यम वर्गलाई प्रत्यक्ष राहत मिलेको छ । यस्तै कृषि संरचना अनुसार १० लाखसम्म कर्जा पुुर्याएको छ ।
बैंक तथा वित्तीय प्रणाली सुधार, सीडिटी रेसियो र कर्जाको गुणस्तर मूल्यांकन गरिएको छ ।
जोखिम मूल्यांकनमा आधारित ब्याजदर, आन्तरिक नियन्त्रण प्रणाली सुदृढ गरिने व्यवस्था गरिएको छ ।ब्याजदर र तरलता व्यवस्थापन, ब्याजदर करिडोर घटाइएको छ ।
यस्तै विद्युतीय भुक्तानी प्रणाली सुधार, भारत बाहेक अन्य देशमा अध्ययन गर्न जाने नेपालीले ३,००० अमेरिकी डलरसम्म सन्दर्भ सुविधा पाउने व्यवस्था गरिएको छ । सुन आयात तथा बिक्री व्यवस्थाको पुनरावलोकनको व्यवस्था गरिएको छ । पूर्वाधार बन्डमा बैंकहरूको लगानी खुला गरिने,नयाँ बैंक स्थापनाको कानुनी संरचना तयार गरिने व्यवस्था नीतिमा रहेको छ ।
लघुवित्त संस्थाको १५ प्रतिशत लाभांश सीमा पुनरावलोकन गरिने व्यव्स्था गरिएको छ । बैंक तथा वित्तीय संस्थाहरूको पुँजी वृद्धिमा सहजीकरण गरी आवश्यकतानुसार पुँजी बढाउन राष्ट्र बैंकको स्वीकृतिमा अनुमति दिने समेत व्यवस्था गरिएको छ ।
बैंक तथा वित्तीय संस्थाको वर्गीकरण र कार्यदायरा पुनरावलोकन गरी हाल क, ख, ग वर्गका संस्थाहरूको सेवा प्रायः समान हुँदै गएकाले वर्ग अनुसारको कार्यक्षेत्र स्पष्ट पार्न अध्ययन गरिने व्यवस्था मौद्रिक नीतिमा समावेश गरिएको छ ।
Related Post
No related news posts found.








