नेपाल राष्ट्र बैंकले बिहिबारका लागि निर्धारित विदेशी विनिमयदर अनुसार अमेरिकी डलर र युरोको भाउ घटेको छ । पाउण्ड स्टर्लिङ भने बुधबारको तुुलनामा बिहिबार केही बढेको छ ।
राष्ट्र बैंकका अनुसार बिहिबार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ७८ पैसा र बिक्रीदर १३७ रुपैयाँ ३८ पैसा छ । बुधबार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ८२ पैसा र बिक्रीदर १३७ रुपैयाँ ४२ पैसा थियो ।
यस्तै युरोपियन युरो एकको खरिददर १६० रुपैयाँ ८ पैसा र बिक्रीदर १६० रुपैयाँ ७८ पैसा छ । बुधबार युरो एकको खरिददर १६० रुपैयाँ ५४ पैसा र बिक्रीदर १६१ रुपैयाँ २४ पैसा थियो ।
युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १८५ रुपैयाँ ८४ पैसा र बिक्रीदर १८६ रुपैयाँ ६६ पैसा छ । बुधबार पाउन्ड स्ट्रलिङ एकको खरिददर १८५ रुपैयाँ ७९ पैसा र बिक्रीदर १८६ रुपैयाँ ६१ पैसा थियो ।





