काठमाडौं । रत्नपार्कस्थित पुरानो बसपार्कमा निर्माणाधीन काठमाडौं भ्युटावर भत्काउने महानगरको योजनामा ठेस लागेको छ । पछिल्लो पटक विवादको कारण बनेको काठमाडौं टावरको निर्माण कार्य जारी राख्न निर्माण कम्पनीलाई बाटो खुलेको छ।

उच्च अदालत पाटनको सोमबारको आदेशले निर्माण कम्पनी जलेश्वर स्वच्छन्द बिकोई बिल्डर्स प्रालिलाई निर्माण कार्य जारी राख्न बाटो खुलेको हो। पछिल्लो पटक १२ तल्ला निर्माणको अनुमति रहेको यो टावरलाई प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँले १९ तलाको भवन निर्माणको अनुमति दिँदै नक्सा पास स्वीकृति गराएका थिए। यही विषयलाई लिएर मेयर बालेन्द्र साह बालेनले गुरागाईँमाथि भ्रष्टाचारको आरोप लगाउँदै छानबिन थालेर निलम्बन गरेका थिए। २०८१ माघ ९ गते महानगरले निर्माण कार्य रोक्न निर्देशन दिएको थियो।

काम रोक्न पत्र आएपछि ठेकेदार कम्पनी उच्च अदालत पाटन पुगेको थियो। जसमाथि सोमबार उच्च अदालतका न्यायाधीश प्रकाश खरेलको एकल इजलासले काम नरोक्ने आशयको अन्तरिम आदेश जारी गरेको छ।

ADVERTISEMENT

आदेशमा सुरुमा ‘यसमा के कसो भएको हो रु निवेदन मागअनुसारको आदेश किन जारी हुनु नपर्ने हो रु निवेदन मागअनुसारको आदेश जारी हुनु नपर्ने भए आधार, कारण एवं प्रमाणसहित म्याद सूचना तामेल भएका मितिले बाटाको म्यादबाहेक १५ दिनभित्र’ विपक्षी काठमाडौं महानगरलाई लिखित जवाफ पेस गर्न आदेश दिएको छ।

ADVERTISEMENT