काठमाडौं । प्रहरीले एक करोड ४४ लाख रुपैयाँसहित एक चिनियाँ नागरिकलाई पक्राउ गरेको छ ।

सोमबार काठमाडौं महानगरपालिका–६ बौद्ध नयाँ बस्तीबाट प्रहरीले चिनियाँ नागरिक वाङ जैनलाई पक्राउ गरेको हो ।

ADVERTISEMENT

जिल्ला प्रहरी परिसर काठमाडौेंका सूचना अधिकारी प्रहरी उपरीक्षक अपिलराज बोहराका अनुसार बौद्धस्थित एक घरमा कोठा भाडामा लिई बस्ने व्यक्तिको कोठामा श्रोत नखुलेको नेपाली रकमको आर्थिक कारोबार भइरहेको भन्ने सूचनाको आधारमा खटिएको प्रहरी टोलीले खानतलासी गर्दा काठमाडौंको स्वयम्भू बस्ने वर्ष ४० को चिनियाँ नागरिक वाङ जैनलाई एक करोड ४४ लाखसहित नियन्त्रणमा लिएको बताए ।

ADVERTISEMENT

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको उनले बताए । पछिल्लो समय नेपालमा चिनियाँ नागरिक विभिन्न आपराधिक गतिविधिमा संलग्न हुने गरेका छन् ।