काठमाडौं । ग्लोबल आइएमई समुन्नत योजना–२ म्युचुअल फण्ड सर्वसाधारणका लागि आइतबारदेखि बिक्री खुल्ला भएको छ ।

फण्डको प्रति इकाइ अंकित मूल्य १० दरको बाह्र करोड इकाइमध्ये न्यूनतम बिक्री हुनुपर्ने ६ करोड वा कुल बिक्री भएको इकाइ संख्याको न्यूनतम १५ प्रतिशत इकाइमध्ये योजना व्यवस्थापक कम्पनी ग्लोबल आइएमई क्यापिटल लिमिटेडलाई १.५ प्रतिशत वा अठार लाख इकाइ तथा कोष प्रवद्र्धक कम्पनी ग्लोबल आइएमई बैंकका लागि १३.५० प्रतिशत वा एक करोड बैसठ्ठी लाख इकाइ बीज पूँजीको रुपमा रहनेछ ।

ADVERTISEMENT

बाँकी न्यूनतम दश करोड बीस लाख इकाइका लागि विभिन्न संघ संस्था सर्वसाधारणहरुका लागि सार्वजनीक निष्काशन तथा बिक्री खुल्ला भएको छ । यस योजनामा संघसंस्था तथा सर्वसाधारणहरुले न्यूनतम एक सय इकाइ र अधिकतम् एक करोड बीस लाख इकाइको आवेदन दिनसक्नेछन् ।

ADVERTISEMENT

क्यापिटलले यस योजनाको वार्षिक औसत प्रतिशत २२.४९ प्रतिशत रहने प्रक्षेपण गरेको छ । यसअनुसार योजनाका इकाईधनीहरुले १० वर्षमा कुल २२४.९६ प्रतिशत प्रतिफल प्राप्त गर्नेछन् । योजनाको अनुमानित आन्तरिक प्रतिफल दर १६.८८ प्रतिशत रहने प्रक्षेपण गरिएको छ । क्यापिटलले यस योजनाका इकाईधनीहरुलाई पहिलो ९ वर्षसम्म ८ प्रतिशत देखि २० प्रतिशतसम्म लाभांश वितरण गर्ने सक्ने प्रक्षेपण गरिएको छ ।

ग्लोबल आइएमई म्युचुअल फण्डअन्तर्गत हालसम्म २ योजनाहरु सञ्चालन भइसकेका छन् । जसमध्ये समुन्नत योजना १ ले ७ वर्षमा १०४ प्रतिशत लाभांश वितरण गरेको छ भने १०.१६ प्रतिशत फन्ड पुर्नखरीद प्रतिफल दिएको छ । त्यस्तै, १० वर्ष अवधिको ग्लोबल आईएमई ब्यालेन्स्ड फन्ड १ को १.०२५ अर्ब कोष आकार रहेको छ ।

योजनाको योजना व्यवस्थापक ग्लोबल आइएमई क्यापिटल लिमिटेड छ । यो क्यापिटल नेपालकै पहिलो विशुद्ध मर्चेन्ट बैंकर हो, जुन सन २००८ मा स्थापना भएको थियो । यो क्यापिटल नेपाल धितोपत्र बोर्डबाट मर्चेन्ट बैंकरको लाइसेन्स प्राप्त मर्चेन्ट बैंक रहेको छ जसमा ग्लोबल आइएमई बैंकको ८१.५० प्रतिशत स्वामित्व रहेको छ ।

लगानीकर्ताले धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । यसका साथै सिडिएस एण्ड क्लियरिङ लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर मेरो शेयर अनलाइन प्रयोग गरी सि–आस्बा प्रणालीमार्फत पनि आवेदन दिन सक्नेछन् । इक्रा नेपालले कोष प्रबर्धकलाई इक्रा एनपी इस्यूअर रेटिङ ए माइनस प्रदान गरेको छ ।