काठमाडौैं । सुुनचाँदी पसल अनिश्चतमकालका लागि बन्द हुुँदा उपभोक्ता प्रत्यक्ष मारमा परेका छन ।

सुन तथा हिरामा लगाइएको विलासीता कर र मूल्य अभिबृद्धि कर(भ्याट) खारेजीको माग गर्दै व्यवसायीले सुनचाँदी पसल बन्द गर्दा गहना खरिद गर्ने उपभोक्तालाई असर परेको छ । लामो समय देखि सुन पसल बन्द हुुँदा ग्राहकले सामान खरिद गर्न पाएका छैन ।

सरकारले बजेटमार्फत सुनको कारोबारमा दुई प्रतिशत विलासिता कर र हिरा तथा बहुमूल्य पत्थरमा १३ प्रतिशत भ्याटको व्यवस्था गरेको छ ।

ADVERTISEMENT

यस अघि १० लाख रुपियाँ सम्मको सुनको कारोबारमा दुुई प्रतिशत बिलासिता कर लाग्ने गरेकोमा अहिले जुुनसुुकै कारोबारमा पनि दुुई प्रतिशत करको व्यवस्था गरिएको छ । कर र भ्याटले व्यवसायी र उपभोक्तालाई असर पर्ने भन्दै विरोध स्वरुप सुुनचाँदी व्यवसायीले दुुई सातादेखि सुुन पसल बन्द गरेर आन्दोलनमा छन ।

ADVERTISEMENT

नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघ र नेपाल सुनचाँदी व्यवसायी महासंघको नेतृत्वमा व्यवसायीहरु प्रदर्शनमा उत्रिएका हुन् । मुलुकभरका सुनचाँदी व्यवसायीले पसल बन्द गरेर विरोधमा उत्रदा त्यसको असर नयाँ गहना खरिद गर्ने उपभोक्तालाई परेको छ ।

ADVERTISEMENT

नेपाल सुुनचाँदी व्यवसायी महासंघका प्रथम उपाध्यक्ष धर्म सुुन्दर बज्रचार्यले विलासिता कर र भ्याट खारेज नभएसम्म पसल खुुला नगर्ने जानकारी दिनुुभयो । सुनमा लगाएको कर र भ्याटले गर्दा व्यवसायीलाई व्यवसाय सञ्चालन गर्न नसक्ने र उपभोक्तालाई पनि महङ्गो पर्ने हुुँदा पनि बाध्य भएर अनिश्चितकालका लागि पसल बन्द गरिएको उहाँले जानकारी दिनुुभयो ।

मेकी मुलुक भारतमा नेपालमा भन्दा सुनको मूल्य तोला ८ हजार सस्तो रहेको र करले गर्दा थप सुनको मूल्य महङ्गो पर्ने हुुँदा भारतमा गएर नेपालीले गहना खरिद गर्ने हुुँदा नेपालको सुनचाँदी व्यवसाय धरासाय बन्ने भएकाले पनि कर फिर्ता गर्नुुपर्ने उहाँको भनाई छ ।

व्यवसायीले कर र भ्याट फिर्ताको विषयमा आन्तरिक राजस्व विभाग, भन्सार विभागका उच्च अधिकारीलाई भेटेर यस विषयमा जानकारी गराई कार्यदल बनाउन आग्रह गरेका छन । सरकारले कार्यदल गठन गरेर काम सुरुगरे पसल खुुला गर्ने व्यवसायीको भनाई छ । बजारमा कारोबार बन्द हुुँदा व्यवसायीले बाणिज्य बंैंकबाट सुन खरिद गरेका छैन । बैंकले बजारमा माग नहुुँदा पछिल्लो एक महिनादेखि सुन आयात समेत बन्द गरेका छन् । यसैबीच आइतबार व्यवसायीले विरोधस्वरुपमा माइतघरमा मौन प्रर्दशन गरेका छन ।