काठमाडौं । तालिवान सरकारलाई रुसले समर्थन गरेको छ। यो निर्णयसँगै रुस तालिवान सरकारलाई समर्थन गर्ने विश्वकै पहिलो राष्ट्र बन्न पुगेको छ। सन् २०२१ मा तालिवान समूहले अफगानिस्तानको सत्ता आफ्नो हातमा लिएको थियो । तर अहिलेसम्म कुनै पनि देशले तालिवान सरकारलाई औपचारिक मान्यता दिएको भने थिएन ।
रुसले बिहीबार अफगानिस्तानले रुसका लागि नियुक्त गरेको राजदूतलाई स्वीकार गर्दै तालिवान सरकारप्रति आफ्नो समर्थन व्यक्त गरेको हो। ‘हामीलाई विश्वास छ यो समर्थनले अफगानिस्तानलाई दुइ देशबीच विभिन्न क्षेत्रमा उपलब्धिमूलक सम्बन्ध विकास गर्न प्रेरणा मिल्ने छ । साथै, हामी दुर्इ देशबीच व्यापार तथा आर्थिक क्षेत्रका ऊर्जा, यातायात कृषि तथा पूर्वाधारमा सहकार्यको बलियो सम्भावना देखिरहेक छौं । र, रुस काबुललाई क्षेत्रीय सुरक्षा सबलीकरण, आतंककारी प्रतिरोध तथा लागुऔषध नियन्त्रणका लागि निरन्तर सहयोग गर्न तत्पर रहेको छ,’ अफगानी सरकारलाई समर्थन गरेपछि रुसी विदेशमन्त्रीले भने ।
पूर्वसोभियत संगठन र आफगानिस्तानले नौ वर्षा लामो युद्ध लडेका थिए, जसको औपचारिक अन्त्य मुझाहिद्दीनसँगको हारपछि मस्कोले सन् १९८९ मा आफ्नो सेना अफगानिस्तानबाट फिर्ता बोलाएपछि भएको थियो, यो पृष्ठभूमिका बिच रुसको औपचारिक समर्थनले अफगानिस्तानको लागि ऐतिहसिक महत्त्व राख्दछ।
२०२१ मा अमेरिकाले आफ्नो सेना अफगानी भूमिबाट फिर्ता बोलाएपछि पनि अफगानिस्तानमा आफ्नो कूटनीतिक उपस्थिति जनाउने विश्वकै केही राष्ट्रमध्ये रुस पनि पर्दछ। रुसले सन् २०२५ मा तालिवान समूहलाई आतंककारी संगठनको सूचीबाट समेत हटाइसकेको छ।





