काठमाडौं । संघीय निजामती कर्मचारी विधेयकमा कुलिङ पिरियडमा भएको छेडखानीको विषय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सभापति रामहरि खतिवडामाथि सत्ता र प्रतिपक्ष दुवैतिरबाट नैतिकताको प्रश्न उठेको छ ।

प्रतिनिधिसभाअन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिको बुधबामरको आकस्मिक बैठकमा सत्तारुढ कांग्रेस र एमाले तथा प्रमुख प्रतिपक्ष माओवादीका सांसदले समिति सभापति खतिवडा र सचिव सरोजकुमार दुरा दुवैले राजीनामा दिनुपर्ने माग गरे ।

ADVERTISEMENT

एमाले सांसद पदम गिरीले सभापति खतिवडा र सचिव दुराको राजीनामा मागे। उनले सभापति खतिवडा र सचिव दुराले नैतिकताका आधारमा पदमा बस्न नमिल्ने बताए। उनीहरू पदमा बसिरहनु लज्जास्पद र घिनलाग्दो काम भएको गिरीले बताए।

ADVERTISEMENT

कांग्रेस सांसद हृदयराम थामीले समितिका सभापति खतिवडा र सचिव सुदुरामाथि प्रश्न उठाए । उनले समितिका सभापति टाठोबाठोमध्येको भएकाले थाहा पाइनँ भनेर सुख नपाइने बताए । ‘दुराजी तपाईं सचिव हो । नयाँ मान्छे होइन । सभापति टाढोबाठोमध्येको सभापति हो,’ थानीले आक्रोश पोखे, ‘कुलिङ पिरियडमा थाहा छैन भनेर तपाईंले थाहा पाइन भन्न मिल्छ ?’ यो प्रकरणले सिंगो संसदको अपमान भएको र सांसदहरूको मन रोएको थानीले बताए । समिति सभापति खतिवडाले नपढी हस्ताक्षर गरेको भन्ने आफूलाई विश्वास नलागेको थानीले बताए ।

प्रमुख प्रतिपक्षी दल माओवादीले निजामती सेवा विधेयकमाथि भएको षड्यन्त्रमा संलग्न सबैमाथि कारबाही हुनुपर्ने माग गरेको छ। माओवादी प्रमुख सचेतक हितराज पाण्डेले समितिका सभापति, सचिवदेखि सबैमाथि गम्भीर छानबिन गर्नुपर्ने माग गरे ।

ADVERTISEMENT

‘नजानेर त्रुटि भएको होइन, टीममा को को संलग्न छन् ? उनीहरूलाई कडाभन्दा कडा कारबाही हुनुपर्छ। यो यत्तिकै सजिलै राखिएको होइन। उपसमितिमा पनि व्यापक छलफल गरेका छौ। सारमा जुन कुरा राख्न खोजेका थियौ, त्यो उल्टो हुने गरेर पारित भयो। यो एकदमै गलत छ,’ उनले भने ।