काठमाडौं । अमेरिकाले आफ्ना तीनवटा आणविक केन्द्रमा आक्रमणको बदलास्वरुप इरानले कतारस्थित अमेरिकी सैन्य अखडामा मिसाइल आक्रमण गरेको छ । इरानले ६ वटा मिसाइल प्रहार गरेको प्रत्यक्षदर्शीहरूले बताएका छन् ।
बीबीसीका अनुसार सोमबार इरानी मिडियाले इरानले अमेरिकाको बमवर्षाको प्रतिक्रियामा शक्तिशाली र विजयी आक्रमण सुरु गरेको उल्लेख गरेका छन् ।
कतारले इरान–इजरेलको युद्धका कारण सुरक्षा चुनौतीलाई ध्यानमा राख्दै अस्थायीरुपमा हवाई उडान बन्द गरेको छ । सोमबार कतारको विदेश मन्त्रालयले आफ्ना देशका नागरिक, आगन्तुकको सुरक्षालाई ख्याल गर्दै हवाई आवातजावत अस्थायीरुपमा बन्द गरिएको जनाएको छ ।





