काठमाडौं । अमेरिकाले निकट भविष्यमै इरानमाथि आक्रमण गर्ने भएको छ । इरानमाथि आक्रमण गर्ने अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको योजना अनुमोदन भइसकेको छ ।

वाशिङ्टनमा ट्रम्पले इरानमाथि आक्रमण गर्ने योजना अनुमोदन गरेको, तर उक्त देशमाथि प्रहार गर्ने अन्तिम निर्णय भने उनले अझै लिएका छैनन् । इरानले आफ्ना परमाणु कार्यक्रम त्याग्छ कि भनेर ट्रम्पले पर्खिरहेको अन्तर्राष्ट्रिय मिडियाले जनाएका छन् । यसअघि सीबीएसले इरानको फोर्दोस्थित भूमिगत युरेनिअम प्रशोधन केन्द्रमा हमला गर्नेबारे ट्रम्पले सोचविचार गरिरहेको जनाएको थियो।

ADVERTISEMENT

बुधवार राष्ट्रपति ट्रम्पले उनले अन्तिम घडीसम्म पर्खने अनि इरानलाई परमाणु अस्त्र विकास गर्न रोक्ने उद्देश्यले मात्र लड्ने बताएका थिए।
इरानका सर्वोच्च नेता आयोतोल्लाह खुमेनीले आफ्नो देशले आत्मसमर्पण नगर्ने बताइसकेका छन् । इरानी जनता राष्ट्रवादी भएको उनको भनाइ छ । ट्रम्पले इरानका सर्वोच्च नेता कहाँ छन् भनेर अमेरिकालाई थाहा भएको र तत्कालका लागि उनलाई हानि पुर्‍याउन आफूले नचाहेको टिप्पणी गरेका थिए।

ADVERTISEMENT

यता, इरानले उत्पन्न गराएको खतरा निमिट्यान्न पार्ने दिशामा लगातार प्रगति भइरहेको इजरेली प्रधानमन्त्री बेन्जमिन नेतन्याहुले बताएका छन्। उसका लडाकू विमानहरूले इरानका परमाणु तथा बलिस्टिक क्षेप्यास्त्र केन्द्र अनि इरानी सत्ताका प्रतीकहरूमा हमला गरिरहेका छन्।