काठमाडौं । सूर्यविनायक नगरपालिका एसईई अनुत्तीर्ण भएका विद्यार्थीका लागि निःशुल्क कक्षा सञ्चालन गर्ने भएको छ ।
सूर्यविनायक नगरपालिका वडा नम्बर २ का वडाध्यक्ष प्रदीप कार्की तथा वडा नम्बर ३ का वडाध्यक्ष देवेन्द्र केसीको विशेष पहलमा भक्तपुरको गठ्ठाघरमा निःशुल्क एसईई तयारी कक्षा सुरु हुन लागेको हो।
पूर्णरुपमा निःशुल्क यो कक्षा असार २२ गते आइतबारबाट सञ्चालन हुनेछ। कक्षामा अनुभवी र दक्ष शिक्षकद्वारा पठनपाठन गराइने र हप्तामा दुई दिन नियमित परिक्षा सञ्चालन गरिने भएको छ । सीमित सिट संख्या भएकाले समयमै नाम दर्ता गरेर सिट सुरक्षित गर्न आयोजकले अनुरोध गरेको छ ।
नगरपालिकाले २०८१ को एसईई परीक्षा उत्तीर्ण सम्पूर्ण विद्यार्थीलाई बधाई दिँदै परीक्षा अनुत्तीर्ण भएका विद्यार्थीका लागि विशेष अवसर उपलब्ध भएको जनाएको छ।








