काठमाडौं । स्थानीय प्रशासनले कर्फ्यू आदेश जारी गरे पनि नयाँ बानेश्वर क्षेत्रमा अहिले पनि तनाव कायमै छ । सेनाले धेरै ठूलो प्रयासपछि जेनजी पुस्ताका प्रदर्शनकारीको हातबाट संसद् भवन आफ्नो नियन्त्रणमा लिएको छ ।

एक घन्टादेखि सडकमा सेना र प्रहरीका गाडी घेरेर राखिएको छ । अझ प्रहरीको गोली लागेर मृत्यु र घाइते हुनेको संख्या बढ्दै गएको थाहा पाएपछि प्रदर्शनकारी आक्रोशित भएका छन् । उनीहरूले सरकारविरुद्ध नाराबाजी गरिरहेका छन् ।

ADVERTISEMENT

अहिलेसम्म चारजनाको मृत्यु भएको पुष्टि भएको छ । घाइतेको संख्या डेढ सयभन्दा बढी नाघेको छ ।

ADVERTISEMENT