काठमाडौं। व्यवसायिक भिसा लिएर नेपाल प्रवेश गरेका अमेरिकी नागरिक डेनियल स्टिफेन कोर्टनी (Daniel Stephen Courtney ) लाई अध्यागमन विभागले नियन्त्रणमा लिएको छ। उनी लामो समयदेखि नेपालमा “मिसनरी पास्टर ” वा “स्ट्रिट प्रीचर” का रूपमा क्रियाशील रहँदै इसाई धर्म प्रचारमा संलग्न रहदै आएको देखिन्छ ।

तस्वीर स्रोत : डेनियलको फेसबुक प्रोफाइल
नेपालको संविधानको धारा २६ र फौजदारी संहिता २०७४ अनुसार बलपूर्वक वा प्रलोभनमा पारी धर्म प्रचार तथा परिवर्तन गराउन निषेधित छ। यस कारण, उनको गतिविधिहरु भिसा उल्लङ्घन अन्तर्गत मात्र नभई कानूनी अपराधको दायरामा समेत आउने बताइएको छ ।
केहि समय अगाडी सार्वजनिक उनको भिडियोमा उनले मणिपुरमा रहेका कुकी लडाकुहरूलाई ड्रोन र बुलेटप्रुफ ज्याकेट वितरण गरिरहेको देखाएका थिए जसलाई लिएर जातीय हिंसाले प्रभावित मणिपुरमा उनलाई हिंसा भड्काएको आरोप समेतलागेको थियो।
सामाजिक सञ्जालमा खुलेआम धर्म प्रचार गर्दै आएका कोर्टनी का गतिविधिले नेपालजस्तो धार्मिक रूपमा संवेदनशील समाजमा विवाद र तनाव निम्त्याउने सक्ने बताइएको छ। सरकारले उनको बिरुद्धमा प्रमाण संकलन गरिरहेको छ र छिट्टै उनलाई डिपोर्ट गर्ने सम्भावना रहेको बताइएको छ ।










