काठमाडौँ । मलेसिया जाने नेपाली कामदारको स्वास्थ्य परीक्षणका नाममा ठगी गरेको आरोपमा पक्राउ परेका दुई पूर्वमन्त्रीसहितका आरोपीलाई थप पाँच दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ।

जिल्ला अदालत काठमाडौँले पूर्व श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवर र रामेश्वर राय यादवसहितका प्रतिवादीलाई थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) लाई अनुमति दिएको हो।

ADVERTISEMENT

बिहीबार अदालतले अनुसन्धानका लागि म्याद थप गरेको हो। आरोपीहरूमाथि मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षणका नाममा ठगी गरेको आरोपमा सीआईबीले अनुसन्धान गरिरहेको छ।

ADVERTISEMENT