काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र परराष्ट्रमन्त्री शिशिर खनालसँगको तस्वीर सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका छन्।

भारत भ्रमणका क्रममा जहाजमा खिचिएको तस्वीरमा प्रधानमन्त्री शाह र मन्त्रीद्वय वाग्ले तथा खनाल सँगै उभिएको देखिन्छ। तस्वीर सार्वजनिक गर्दै उनले लेखेका छन्, ‘देश उँभो लाउने टोली ! निक्कै मिहिनेती मान्छेहरू !’

ADVERTISEMENT

प्रधानमन्त्री शाह दुईदिने भारत भ्रमणका क्रममा अर्थमन्त्री वाग्ले र परराष्ट्रमन्त्री खनालसहितको टोली लिएर नयाँदिल्ली पुगेका थिए। भ्रमण टोलीमा दुवै मन्त्री सहभागी थिए।

ADVERTISEMENT

प्रधानमन्त्री शाहले यसअघि पनि आफ्ना दुई मन्त्रीसँगको तस्वीर सार्वजनिक गर्दै ‘देश बनाउने टोली’ भन्ने क्याप्सन लेखेका थिए। गत जेठ ३१ गते उनले गृहमन्त्री सुधन गुरुङ र भौतिक पूर्वाधारमन्त्री सुनिल लम्सालसँगको तस्वीर सार्वजनिक गरेका थिए। उक्त तस्वीरमा शाहले दुवै मन्त्रीलाई अँगालो हालेको देखिन्थ्यो।

यसपटक भने भारत भ्रमणका क्रममा जहाजमा खिचिएको तस्वीरमार्फत उनले अर्थ र परराष्ट्र मन्त्रालयको जिम्मेवारी सम्हालेका मन्त्रीहरूसँगको तस्बिर सार्वजनिक गरेका हुन्।