काठमाडौँ । पूर्वी नेपाल र भारतको सिक्किम सीमा क्षेत्र आसपास केन्द्रबिन्दु भएर मंगलबार बिहान ५.३ म्याग्निच्युडको भूकम्प गएको छ ।

युरोपेली–भूमध्यसागरीय भूकम्प मापन केन्द्र (ईएमएससी) का अनुसार नेपाली समयअनुसार बिहान ७ बजेर १७ मिनेटमा भूकम्प गएको हो ।

ADVERTISEMENT

ईएमएससीका अनुसार भूकम्पको केन्द्रबिन्दु २७.८३२८ उत्तरी अक्षांश र ८७.९४६७ पूर्वी देशान्तरमा रहेको छ । भूकम्प जमिनको सतहबाट १० किलोमिटर गहिराइमा गएको जनाइएको छ ।

ADVERTISEMENT

उक्त केन्द्रबिन्दु भारतको सिक्किमस्थित ग्याल्सिङबाट ६८ किलोमिटर उत्तरपश्चिम र दार्जिलिङबाट ९४ किलोमिटर उत्तर–उत्तरपश्चिममा पर्दछ । यो क्षेत्र नेपालको ताप्लेजुङ जिल्लाको पूर्वी भूभाग आसपास रहेको छ ।

भूकम्पको धक्का पूर्वी नेपालका पहाडी तथा तराईका विभिन्न जिल्लासहित भारतको सिक्किम र पश्चिम बङ्गालका क्षेत्रमा समेत महसुस गरिएको छ ।