गोरखा । गोरखाको धार्चे गाउँपालिका–१ स्थित यारू पुलनजिक भीषण सुक्खा पहिरो खसेको छ । आज बिहान करिब ९ बजे पहिरो खसेको हो ।
उक्त क्षेत्रमा बाटो बन्द रहेकाले पहिरोका कारण कुनै मानवीय तथा भौतिक क्षति नभएको गोरखाका सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रकाश शर्माले जानकारी दिए ।
उनका अनुसार पहिरोबारे थप विवरण संकलन गर्न प्रहरी टोली घटनास्थल पुगेको छ ।
धार्चे गाउँपालिकाका अध्यक्ष लक्ष्मण गुरुङका अनुसार पहिरोबाट खसेका केही ढुंगा र माटो बूढीगण्डकी नदीमा पुगेका छन् । तर, नदी थुनिने अवस्था भने नरहेको उनले बताए ।












