अर्घाखाँची । अर्घाखाँचीको शितगंगा नगरपालिका–२ भुवनपाटामा बस दुर्घटना हुँदा १६ जना घाइते भएका छन्। घाइतेमध्ये ६ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

लु २ ख ३७२ नम्बरको बस ब्रेक फेल भएर अनियन्त्रित हुँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका निमित्त प्रमुख प्रहरी निरीक्षक जीवन लामिछानेले जानकारी दिए।

ADVERTISEMENT

सुपा देउराली मन्दिर दर्शनका लागि सुनवलबाट आएको उक्त बस दर्शन गरेर फर्किने क्रममा दुर्घटनामा परेको हो।

ADVERTISEMENT

अनियन्त्रित बसले विपरीत दिशाबाट आउँदै गरेको लु ९१ प २३५९ नम्बरको मोटरसाइकललाई ठक्कर दिएपछि सडक छेउको भित्तामा गएर ठोक्किएको प्रहरीले जनाएको छ।

दुर्घटनामा घाइते भएका सबैलाई प्राथमिक स्वास्थ्य केन्द्र ठाडामा सामान्य उपचारपछि थप उपचारका लागि भैरहवा मेडिकल कलेज पठाइएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरीले जनाएको छ।