काठमाडौँ । सामान्य रूपमा खरिद गरिएको इनर्जी ड्रिङ्क्सको एउटा क्यानले कुन बेला ठूलो भाग्य बदलिदिन्छ, पत्तै हुँदैन। ‘म्याक्स टाइगर’ (Max Tiger) इनर्जी ड्रिङ्क्सको ‘दसैँ धमाका २०८३’ अभियानअन्तर्गत बम्पर र आकर्षक उपहार जित्न सफल भाग्यशाली विजेताहरूको हातमा अहिले पुरस्कार पुग्न थालेको छ।

कम्पनीले अभियानअन्तर्गत काठमाडौँ र विराटनगरमा सञ्चालित ‘एक्सट्रिम फ्यानजोन’ (Extreme Fan Zone) मार्फत चार जना विजेताहरूलाई मोटरसाइकल तथा स्कुटर आधिकारिक रूपमा हस्तान्तरण गरेको हो।

ADVERTISEMENT

नेपाल प्रिमियर लिग (NPL) को प्रत्यक्ष प्रसारण भइरहेको काठमाडौँको सिफलस्थित स्क्रिनिङ स्थलमा आयोजित विशेष कार्यक्रममा काठमाडौँका सुमन कर्माचार्य र विनोद ढकाललाई मोटरसाइकल हस्तान्तरण गरियो। सामान्य उपभोगका लागि खरिद गरिएको म्याक्स टाइगरको क्यानको बिर्कोबाटै मोटरसाइकल जित्ने अवसर पाएपछि दुवै विजेताले पुरस्कार प्राप्त गर्दाको खुसी शब्दमा व्यक्त गर्न कठिन भएको बताए।

ADVERTISEMENT

त्यस्तै, विराटनगरको पुरानो गुद्रीमा सञ्चालित ‘एक्सट्रिम फ्यानजोन’ मा पनि दुई विजेताले आफ्ना पुरस्कार प्राप्त गरेका छन्। धरानका अनोज कुमार अधिकारीलाई स्कुटर हस्तान्तरण गरिएको छ भने विराटनगरका विनोद पोखरेलले मोटरसाइकल प्राप्त गरेका छन्।

पुरस्कार पाएपछि खुसी व्यक्त गर्दै विजेता अनोज कुमार अधिकारी र विनोद पोखरेलले भने, “इनर्जी ड्रिङ्क्स किन्दा यसरी मोटरसाइकल र स्कुटर जितिएला भनेर कहिल्यै सोचेका थिएनौँ। खबर सुन्दा जति उत्साह थियो, हातमा साँचो थपिँदा त्यो खुसी झनै विशेष बनेको छ।”

कम्पनीका अनुसार ‘दसैँ धमाका २०८३’ अभियानअन्तर्गत हालसम्म १० जनाले मोटरसाइकल र ८ जनाले स्कुटर जितिसकेका छन्। तर, यो जित्ने अवसर अझै सकिएको छैन। कम्पनीले दिएको जानकारीअनुसार अभियानमा अझै ८ वटा मोटरसाइकल, १० वटा स्कुटर र बम्पर पुरस्कारका रूपमा १ वटा ‘प्रोटोन कार’ (Proton Car) जित्न बाँकी नै छ। बम्पर उपहारमा राखिएको गाडीले उपभोक्तामाझ झनै कौतूहल र आकर्षण बढाएको छ।

देशका विभिन्न सहरहरूमा नेपाल प्रिमियर लिगको लाइभ स्क्रिनिङ भइरहेको ‘एक्सट्रिम फ्यानजोन’ मार्फत विजेताहरूलाई बाँकी पुरस्कार हस्तान्तरण गर्ने क्रमलाई आगामी दिनहरूमा पनि निरन्तरता दिइने कम्पनीले जनाएको छ।