काठमाडौं । नेपाल राष्ट्र बैंकले तिहारको धनतेरसलाई लक्षित गर्दै बिहीबारदेखि सुन र चाँदीका सिक्का बिक्री गर्ने भएको छ। यस वर्ष दुई वर्षपछि सुनका सिक्का (असर्फी) समेत बिक्री गर्न लागिएको हो।

राष्ट्र बैंकले अघिल्ला दुई वर्ष चाँदीका सिक्का (मेडालियन) मात्र बिक्री गरेको थियो। यसपटक भने सुनको असर्फी पनि उपलब्ध गराउन लागेको हो।राष्ट्र बैंकले दशैँअघि नै वाणिज्य बैंकहरूबाट ३५ किलो सुन खरिद गरी असर्फी टकमरी गरिरहेको छ। नेपालमा वाणिज्य बैंकहरूले मात्रै सुन आयात गर्न पाउने व्यवस्था छ।

ADVERTISEMENT

राष्ट्र बैंकका अनुसार सुनको असर्फी प्रतिगोटा ६० देखि ७० हजार रुपैयाँसम्म पर्ने अनुमान छ। त्यस्तै, चाँदीका सिक्काको मूल्य प्रतिगोटा ४ हजार रुपैयाँभन्दा केही बढी हुन सक्नेछ।बिक्री गरिने सुनको शुद्धता (हलमार्क) करिब ९९.९९ प्रतिशत रहने बताइएको छ।

ADVERTISEMENT