काठमाडौं । चलचित्र ‘पाँच पाण्डव’को ट्रेलर–२ सार्वजनिक भएको छ । सार्वजनिक ट्रेलर हरिवंश आचार्यको वरिपरि घुम्छ ।

आफ्ना भाइहरू दुखी रहेको भन्दै पृथ्वीलोकमा आइपुगेका युधिष्टिर (हरिवंश) समस्यामा रहेका भाइहरू र समाजलाई कसरी मुक्ति दिने भन्दै हिँडिरहेको देखिन्छ ।

ADVERTISEMENT

अन्याय, अत्याचार र विकृतिविरुद्ध उभिने हरिवंशले महाभारतको शंखघोष गर्छन् । अन्याय, हिंसा र अत्याचारविरुद्ध पाँच भाइ मिलेर गरेको संघर्ष र विद्रोह ट्रेलरमा देखाइएको छ ।

ADVERTISEMENT

‘पाँच पाण्डव’मा हरिवंश आचार्य, महेश त्रिपाठी, जितु नेपाल, विनोद न्यौपाने, आर्यन सिक्देल, सुशील सिटौला, इभा गिरी, दीपाश्री निरौलालगायत कलाकारको मुख्य भूमिका छ ।

काली रानी फिल्मस्को ब्यानरमा निर्माण भइरहेको यस चलचित्रमा सरिता गिरी, विनोद न्यौपाने, रमा थपलिया, प्रशान्त ताम्राकार, सीता न्यौपाने, रितेश पौडेल (रितेशजंग खत्री)लगायतको पनि मुख्य भूमिका रहेको छ ।

यही कात्तिक २० गतेबाट प्रदर्शन हुने चलचित्रलाई वसन्त निरौलाले निर्देशन गरेका छन् । चलचित्रका प्रस्तुतकर्ता नवीन श्रेष्ठ हुन् ।

‘पाँच पाण्डव’मा कथा, पटकथा तथा संवाद सुशील पौडेलको छ ।