काठमाडौं । गृहमन्त्री सुधन गुरुङले दसैँको फूलपातीका दिन आज काठमाडौंको हनुमानढोका दरबार क्षेत्रमा रहेको तलेजु भवानी र जीवित देवी कुमारीको दर्शन गरेका छन् ।
गृहमन्त्री गुरुङले आज बिहान हनुमानढोका दरबार क्षेत्र पुगेर तलेजु भवानीको पूजा आराधना गर्नुका साथै कुमारीको दर्शन गरेका हुन् । उनले सर्वसाधारणसँगै लाइनमा बसेर कुमारीको दर्शन गरेका थिए ।
दसैँको अवसरमा तलेजु भवानी र कुमारीको दर्शन गर्न हनुमानढोका दरबार क्षेत्रमा भक्तजनको उपस्थिति रहने गरेको छ ।
नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत फूलपातीका दिन विभिन्न शक्तिपीठमा पूजा आराधना तथा दर्शन गर्ने परम्परा छ ।










