गुल्मी । गुल्मीमा भाउजुलाई कुटपिट गरी हत्या गरेको आरोपमा देवर पक्राउ परेका छन्। प्रहरीले घटनाको अनुसन्धानका लागि उनका ७६ वर्षीय बुवालाई समेत पक्राउ गरेको छ।

पक्राउ पर्नेमा मालिका गाउँपालिका–२, खोलाखर्कका ४६ वर्षीय बलबहादुर खत्री र उनका बुवा भक्तबहादुर खत्री रहेका छन्।

ADVERTISEMENT

प्रहरीका अनुसार मादक पदार्थ सेवनपछि बलबहादुरले कुटपिट गर्दा घाइते भएकी ४२ वर्षीया लीला खत्रीको उपचारका क्रममा मृत्यु भएको हो। गम्भीर घाइते भएकी लीलालाई उपचारका लागि पाल्पास्थित लुम्बिनी मेडिकल कलेज, प्रभास लगिएको थियो।

ADVERTISEMENT

बुधबार बिहान करिब ११ बजे उनका छोरा हिराबहादुर खत्रीले उनलाई अस्पतालबाट घर लगेका थिए। घटनाबारे शंका लागेपछि प्रहरीले लीलालाई जिल्ला अस्पताल गुल्मी, तम्घासमा स्वास्थ्य परीक्षणका लागि लगेको थियो। चिकित्सकले बुधबार दिउँसो २ बजे उनलाई मृत घोषणा गरेका थिए।

प्रहरीका अनुसार लीलाको उपचारमा उनका अर्का देवर चन्द्रबहादुर खत्री पनि संलग्न थिए। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

ADVERTISEMENT