काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको सिफारिसमा वन र भूमिसम्बन्धी दुई अध्यादेश जारी गरेका छन्।
राष्ट्रपतिको कार्यालयका प्रवक्ता श्यामप्रसाद भण्डारीका अनुसार राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा मंगलबार ती अध्यादेश जारी गरेका हुन्।
जारी भएका अध्यादेशमा ‘वनसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३’ र ‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३’ रहेका छन्।








