काठमाडौं । इजरायल पठाइदिने भन्दै ठगी गरेको आरोपमा नेपाली कांग्रेसकी केन्द्रीय सदस्यकी उम्मेदवार विनिता खड्का पक्राउ परेकी छन्।

केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) की एआईजी उमा चतुर्वेदीले खड्का पक्राउ परेको जानकारी दिएकी हुन्।

ADVERTISEMENT

खड्का कांग्रेसको जारी १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदकी उम्मेदवार हुन्। उक्त पदका लागि मतदान भइसकेको छ भने उनको नतिजा आउन बाँकी छ।

ADVERTISEMENT

यसअघि पनि सीआईबीले यही प्रकरणमा ज्ञानबहादुर कार्की, शिवराम श्रेष्ठ, कांग्रेस नेता भरतप्रसाद चौलागाईं र दोलखाकी बालिका शिवाकोटीलाई पक्राउ गरेको थियो।