काठमाडौं । नेपाली कांग्रेसका क्रियाशील सदस्यको संख्या ९ लाख ६९ हजार ८४२ पुगेको छ।
कांग्रेस प्रवक्ता देवराज चालिसेले सोमबार पत्रकार सम्मेलनमार्फत पार्टीको क्रियाशील सदस्यताको विवरण सार्वजनिक गर्दै उक्त जानकारी दिएका हुन्।
कांग्रेसको १४औँ महाधिवेशनमा क्रियाशील सदस्यको संख्या ८ लाख ७० हजार रहेको थियो। त्यसको तुलनामा अहिले करिब १ लाख क्रियाशील सदस्य थपिएका छन्।
प्रवक्ता चालिसेका अनुसार जेनजी उमेर समूहका युवालाई पार्टीको सदस्य बनाउने र उनीहरूलाई केन्द्रीय समितिसम्म ल्याउने योजनाका कारण क्रियाशील सदस्यको संख्या बढेको हो।
कांग्रेसले पछिल्लो समय नयाँ पुस्तालाई पार्टीको संगठन र नेतृत्वमा जोड्ने योजनालाई प्राथमिकतामा राख्दै आएको छ।







