चितवन। मुग्लिन–नारायणगढ सडकखण्डअन्तर्गत सिमलताल (CH 24+100) मा करिब ७० मिटर सडक भासिएपछि यातायात सञ्चालन एकतर्फी भएको छ।

सडक भासिएका कारण सवारी आवागमन प्रभावित भएकाले यात्रु तथा चालकलाई सावधानीपूर्वक यात्रा गर्न र लेन अनुशासन पालना गर्न सडक डिभिजन भरतपुरले आग्रह गरेको छ।

ADVERTISEMENT

सडक डिभिजन भरतपुरका अनुसार सोमबार साँझ ७:१५ बजेको अपडेटअनुसार उक्त स्थानमा एकतर्फी रूपमा सवारी सञ्चालन भइरहेको छ। सम्भावित जोखिमलाई मध्यनजर गर्दै चालकलाई गति नियन्त्रण गरी सावधानी अपनाउन अनुरोध गरिएको छ।

ADVERTISEMENT

सडक डिभिजन भरतपुरले यात्रामा निस्कनुअघि सडकको अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्नसमेत आग्रह गरेको छ।