काठमाडौँ । तनहुँमा पहिरो खस्दा पृथ्वी राजमार्गमा एउटा मोटरसाइकल पुरिएको छ। मोटरसाइकल चालक भने भागेर सकुशल ज्यान जोगाउन सफल भएका छन्।

शुक्रबार साँझ व्यास नगरपालिका–१२ घासीकुवास्थित पृथ्वी राजमार्गमा पहिरो खस्दा सडक अवरुद्ध भएको थियो। सोही क्रममा सडकमा गुडिरहेको मोटरसाइकलसमेत पहिरोमा परेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।

ADVERTISEMENT

पहिरोले मोटरसाइकल पुरिए पनि चालकले तत्काल भागेर ज्यान जोगाएका थिए। घटनामा मानवीय क्षति नभएको प्रहरीले जनाएको छ।

ADVERTISEMENT

पहिरोका कारण सडक अवरुद्ध भएपछि जिल्ला प्रहरी कार्यालय तनहुँबाट प्रहरी निरीक्षक अमृत लामिछानेको कमान्डमा ट्राफिक प्रहरीसहित १५ जनाको टोली घटनास्थलमा खटिएको थियो।

सुरक्षाकर्मीको टोलीले पहिरोमा पुरिएको मोटरसाइकल बाहिर निकालेको प्रहरीले जनाएको छ।

ADVERTISEMENT