काठमाडौं । कामना सेवा विकास बैंकले कुमारीपाटी–जावलाखेल क्षेत्रमा ५ थान प्रतीक्षा बेन्च स्थापना गरेको छ। बैंकले सर्वसाधारण तथा यात्रुको सहजता र सुविधालाई ध्यानमा राख्दै कुमारीपाटी–जावलाखेल व्यापार संघसँगको सहकार्यमा बेन्च स्थापना गरेको हो।
बैंकका काठमाडौं प्रदेश प्रमुख केदारनाथ शर्माको अध्यक्षता तथा कुमारीपाटी–जावलाखेल व्यापार संघका अध्यक्ष वीरेन्द्र शाक्यको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा बेन्च स्थापना गरिएको हो।
यात्रु तथा सर्वसाधारणलाई केही समय विश्राम गर्न सहज होस् भन्ने उद्देश्यले बेन्च राखिएको बैंकले जनाएको छ। व्यापार संघका अध्यक्ष शाक्यले सर्वसाधारणको प्रत्यक्ष उपयोगमा आउने सुविधा स्थापना गरेकोमा बैंकप्रति धन्यवाद व्यक्त गरे।
कार्यक्रममा बैंकका काठमाडौं प्रदेश प्रमुख शर्माले बैंकले सेवाग्राहीसँगै स्थानीय समुदाय तथा सर्वसाधारणको सुविधा र सहजतालाई समेत प्राथमिकतामा राख्दै विभिन्न सामाजिक तथा सेवामूलक गतिविधिमा निरन्तर सहभागिता जनाउँदै आएको बताए।
स्थानीय समुदायको आवश्यकता र सुविधालाई ध्यानमा राखेर यस्ता सामाजिक गतिविधिलाई आगामी दिनमा पनि निरन्तरता दिने उनले बताए। कार्यक्रममा बैंकका कर्मचारी तथा कुमारीपाटी–जावलाखेल व्यापार संघका प्रतिनिधिको उपस्थिति थियो।
कामना सेवा विकास बैंकले ग्राहक सेवा विस्तारसँगै स्थानीय समुदाय तथा सर्वसाधारणको सुविधा र आवश्यकतालाई ध्यानमा राखेर विभिन्न सामाजिक गतिविधिमा समेत सहभागिता जनाउँदै आएको जनाएको छ।






