काठमाडौँ। टाटा मोटर्सका कमर्सियल सवारीसाधनका ग्राहकलाई थप सहज सेवा दिने उद्देश्यले सिप्रदीको आधिकारिक सर्भिस सेन्टर श्री जाल्पादेवी अटोवर्क्सले आफ्नो सेवा समय विस्तार गरेको छ।

असोज १ गतेदेखि लागू हुने गरी सर्भिस सेन्टरले अब बिहान ९ बजेदेखि राति ९ बजेसम्म सेवा उपलब्ध गराउने भएको हो। यसअघि यहाँ बिहान ९ बजेदेखि बेलुकी ६ बजेसम्म मात्रै सेवा उपलब्ध हुँदै आएको थियो।

ADVERTISEMENT

नयाँ व्यवस्थासँगै दिनभर सवारी सञ्चालन गर्ने ग्राहकले साँझको समयमा समेत आफ्नो सवारीको नियमित मर्मत तथा सर्भिस गराउन सक्नेछन्। ग्राहकको समय र व्यावसायिक सवारी सञ्चालनको आवश्यकतालाई ध्यानमा राखेर सेवा अवधि विस्तार गरिएको सिप्रदीले जनाएको छ।

ADVERTISEMENT

सर्भिस सेन्टरमा टाटा कमर्सियल भेहिकलका लागि अत्याधुनिक डायग्नोस्टिक उपकरण, टाटा जेन्युइन स्पेयर पार्ट्स, दक्ष तथा प्रशिक्षित प्राविधिक र सुरक्षा मापदण्डअनुसारको सेवा उपलब्ध गराइने कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार अवैध तथा नक्कली पार्ट्स र लुब्रिकेन्टको प्रयोगले सवारीको इन्जिन, ब्रेक तथा क्लच प्रणालीमा असर पार्नुका साथै मर्मत खर्चसमेत बढाउन सक्छ। त्यसैले आधिकारिक सेवा केन्द्रबाट गुणस्तरीय पार्ट्स र प्राविधिक सेवा उपलब्ध गराउने उद्देश्य राखिएको छ।

ADVERTISEMENT

सेवा समय विस्तार भएपछि यात्रु तथा मालवाहक व्यावसायिक सवारी सञ्चालन गर्ने ग्राहकलाई नियमित काम प्रभावित नगरी सवारी मर्मत तथा सर्भिस गराउन सहज हुने अपेक्षा गरिएको छ। सवारीको डाउनटाइम घटाउँदै सञ्चालन खर्च कम गर्ने उद्देश्यले सेवा व्यवस्थापन गरिएको सिप्रदीले जनाएको छ।