गोर्खाजले सामाजिक सञ्जालमार्फत वार्नरलाई अनुबन्ध गरिएको जानकारी दिएको छ । उनी एनपीएल खेल्न आउने अहिलेसम्मकै ठूला विदेशी खेलाडी हुन् ।
यसअघि अस्ट्रेलियाको क्रिकेटिङ संस्था ‘सिम स्ट्राइक’ले पनि वार्नरले एनपीएल खेल्ने भन्दै सामाजिक सञ्जालमा पोस्ट गरेको थियो । वार्नरले उक्त पोस्टलाई लाइकसमेत गरेका थिए ।
३९ वर्षीय वार्नरले अस्ट्रेलियाका लागि दुईपटक एकदिवसीय विश्वकप, एकपटक टी–२० विश्वकप र विश्व टेस्ट च्याम्पियनसिपको उपाधि जितेका छन् । उनले सन् २०१५ र २०२३ को एकदिवसीय विश्वकप, २०२१ को टी–२० विश्वकप तथा २०२३ को विश्व टेस्ट च्याम्पियनसिप जितेका हुन् ।
वार्नर अस्ट्रेलियाका लागि तीनवटै अन्तर्राष्ट्रिय फर्म्याटमा शतक बनाउने खेलाडीसमेत हुन् । उनले अस्ट्रेलियाका लागि ११० टी–२० अन्तर्राष्ट्रिय खेलमा एक शतकसहित ३२०० भन्दा बढी रन बनाएका छन् ।






