काठमाडौँ । नबिल बैंक लिमिटेडले गणेशप्रसाद अवस्थीलाई नायब प्रमुख कार्यकारी अधिकृत (डेपुटी सीईओ) मा नियुक्त गरेको छ।
बैंकको सञ्चालक समितिको सोमबार बसेको बैठकले अवस्थीलाई नायब प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त गर्ने निर्णय गरेको हो।
बैंकिङ क्षेत्रमा साढे दुई दशकभन्दा लामो अनुभव हासिल गरेका अवस्थी करिब छ वर्षअघि ग्लोबल आइएमई बैंकबाट सहायक महाप्रबन्धकका रूपमा नबिल बैंकमा प्रवेश गरेका थिए।
त्रिभुवन विश्वविद्यालयबाट व्यवस्थापन तथा अर्थशास्त्रमा स्नातकोत्तर गरेका अवस्थीले हार्वर्ड बिजनेस स्कुलबाट रणनीतिसम्बन्धी कोर्ससमेत गरेका छन्।
अवस्थी बैंकिङ सञ्चालन, जोखिम व्यवस्थापन तथा कर्जा शाखा व्यवस्थापनलगायत क्षेत्रमा अनुभवी रहेको बताइएको छ।






