कास्की । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) बस्ने कास्कीको अस्तामस्थित अन्नपूर्ण इको भिलेजमा सुरक्षा व्यवस्था कडा पारिएको छ।रिसोर्ट जाने बाटोमै सुरक्षा जाँचको व्यवस्था गरिएको छ। नेपाली सेना र नेपाल प्रहरीको टोली सुरक्षामा खटाइएको छ।

रिसोर्टभन्दा करिब ३ सय मिटर अगावै प्रहरी तैनाथ गरी आवतजावत गर्ने व्यक्तिको जाँच भइरहेको छ। नेपाली सेनाको टोलीले समेत पालैपालो रेकी गरिरहेको जनाइएको छ।

रिसोर्ट सञ्चालक तथा कर्मचारीलाई समेत परिचयपत्र जाँच गरेर मात्रै प्रवेश दिइएको छ। प्रधानमन्त्रीको बसाइलाई ध्यानमा राख्दै रिसोर्टका अन्य सबै बुकिङ रद्द गरिएको जनाइएको छ। पोखराका एक पर्यटन व्यवसायीले रिसोर्ट बुकिङ गरेको बताइएको छ।

ADVERTISEMENT