काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले ग्राहकलाई नेपाल सरकारको ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’मा सहज रूपमा सहभागी गराउन आफ्नो मोबाइल बैंकिङ एपलाई कार्यक्रमसँग जोडेको छ।

बैंकका अनुसार मोबाइल बैंकिङमार्फत मर्चेन्ट क्यूआरमा गरिने योग्य भुक्तानी स्वतः लक्की ड्रमा समावेश हुने भएकाले ग्राहकले छुट्टै कारोबार दर्ता वा अपलोड गर्नुपर्ने छैन। ग्राहकले मोबाइल बैंकिङ एपबाट आफूले गरेका योग्य कारोबारको संख्या तथा विवरणसमेत हेर्न सक्नेछन्।

ADVERTISEMENT

आन्तरिक राजस्व विभागले सञ्चालन गरिरहेको कार्यक्रममा योग्य कारोबारमध्येबाट नियमित लक्की ड्रमार्फत दैनिक एक जना विजेतालाई कर कट्टीपछि १ लाख रुपैयाँ पुरस्कार दिने व्यवस्था छ। यस्तै, प्रत्येक १५ दिनमा एक जना बम्पर विजेताले १० लाख रुपैयाँ पुरस्कार पाउनेछन्।

ADVERTISEMENT

बैंकले ग्राहकलाई १०० रुपैयाँभन्दा बढीको खरिदमा डिजिटल भुक्तानी गर्न, प्यान/भ्याट बिल लिन तथा सुरक्षित राख्न र आफ्ना योग्य कारोबार नियमित रूपमा जाँच गर्न आग्रह गरेको छ।