काठमाडौं । वीर अस्पतालको निर्देशकमा डा. विकास नेपाल नियुक्त भएका छन् ।
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) का उपकुलपतिको सिफारिसमा स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले उनलाई निर्देशकमा नियुक्त गरेकी हुन् ।
११औँ तहका ग्यास्ट्रो सर्जन डा. नेपालले बिहीबारदेखि जिम्मेवारी सम्हालेका छन् । यसअघि डा. प्रभा कोइरालाले निमित्त निर्देशकको जिम्मेवारी सम्हाल्दै आएकी थिइन् ।
त्यस्तै, वीर अस्पतालको सहायक निर्देशकमा डा. अपार लामिछाने र अनिता बिसी नियुक्त भएका छन् ।
नवनियुक्त निर्देशक डा. नेपालले वीर अस्पतालका समस्या लामो समयदेखि बुझेको भन्दै गरिब तथा विपन्न नागरिकको भरोसाको केन्द्रका रूपमा रहेको अस्पतालको स्वास्थ्य सेवा सुधारमा आफू केन्द्रित हुने बताएका छन् ।











