काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सहमतिमा नआए इरानमाथि थप आक्रमण गर्ने चेतावनी दिएका छन् । इरानका तीन आणविकस्थलमा आक्रमण गरेपछि शनिबार राष्ट्रका नाममा सम्बोधन गर्दै उनले इरानले अब शान्तिको बाटो अपनाउनुपर्ने र यदि उनीहरूले त्यसो नगरे भोलिका दिनमा अझै ठूलो आक्रमण गर्ने चेतावनी दिएका हुन् ।

‘अब इरानले शान्तिको बाटो अपनाउनुपर्छ । यदि उनीहरूले त्यसो गरेनन् भने भविष्यमा हुने आक्रमण अझ ठूला र सजिला हुनेछन्,’ उनले भने, ‘अब कि शान्ति आउनेछ कि इरानका निम्ति यस्तो त्रासदी आउनेछ, त्यो पछिल्ला आठ दिनमा देखिएका घटनाभन्दा धेरै ठूलो हुनेछ ।’

ADVERTISEMENT

इरानका तीन ठूला आणविक भट्टीमा भएको आक्रमणस्थल पूर्णरुपमा सफल भएको दाबी गर्दै उनले भने, ‘म विश्वलाई के भन्न चाहन्छु भने आज रातको आक्रमण पूर्ण रूपमा सफल भएको छ ।’ उनले इरानको ठेगानामा आक्रमण गरेका अमेरिकी विमान सुरक्षित रहेको र घर फर्किने क्रममा रहेको पनि बताएका छन् । ट्रम्पले इरानमाथि आक्रमण गर्न स्वीकृति लिइसकेका छन् ।

ADVERTISEMENT

इरानका सर्वाेच्च नेता आयाेताेल्लाह अल खामेनीले पनि शत्रुहरुले आफ्नाे परमाणु भट्टीमा आक्रमण गरेर ठूलाे क्षति पुर्याएकाे स्वीकारेका छन् ।