काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि चीनका राजदूत झाङ माओमिङले भेटवार्ता गरेका छन् ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालयमा सोमबार दिउँसो शिष्टाचार भेटवार्ता भएको हो । आधा घन्टा चलेको भेटवार्तामा दुई देशबीचको पारस्परिक सम्बन्धका बारेमा कुराकानी भएको थियो ।

भेटवार्ताका क्रममा नेपाल चीन सम्बन्धलाई थप सुदृढ बनाउने, विभिन्न क्षेत्रमा सहयोग प्रवर्द्धन एवं विकास साझेदारीलाई अभिवृद्धि गर्नेलगायतका विषयमा छलफल भएको प्रधानमन्त्रीको कार्यालयले जनाएको छ।

ADVERTISEMENT

भेटमा प्रधानमन्त्री शाहले चीनसँगको ऐतिहासिक सम्बन्धलाई अझ प्रगाढ बनाउँदै साझा हितका क्षेत्रमा मिलेर काम गर्नुपर्ने विषयमा जोड दिए ।

ADVERTISEMENT

राजदूत माओमिङले प्रधानमन्त्री बालेनलाई शुभकामना व्यक्त गर्दै दुई देशबीचको आपसी सम्बन्ध र सहकार्यलाई थप सुदृढ बनाउने प्रतिबद्धता जनाएका छन् ।

आजै प्रधानमन्त्री शाह र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवको पनि भेटवार्ता भएको थियो ।