काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह बालेनले प्रोटोकोल मिचेर भेटवार्ता गरेका छन् । साढे चार महिनाअघि प्रधानमन्त्री बनेका उनले प्रोटोकल नमिल्ने कूटनीतिक नियोगका प्रतिनिधि, राजदूत र विदेशी पाहुनासँग नभेट्ने बताएका थिए । र, सोहीअनुसार उनले यस अवधिसम्म कोही कसैसँग एक्लाएक्लै भेट पनि गरेनन् ।

तर सोमबार भने उनले प्रोटोकल मिचेर भारतीय राजदूत नवीन श्रीवास्तवसँग भेटवार्ता गरेका छन् । प्रधानमन्त्री भएको केही दिनमै उनले नेपालस्थित ३० देशका राजदूत, कूटनीतिक नियोगका पदाधिकारीसँग प्रधानमन्त्री कार्यालयमा सामूहिक भेटेका थिए । सो भेटमा बालेन कालो चश्मा लगाएका थिए । तर सोमबारको भेटमा भने बालेनले कालो चश्मा उतारेका छन् । श्रीवास्तवले भारतीय प्रधानमन्त्री नरेन्द्र माेदीकाे उपहार प्रधानमन्त्री बालेनलाई हस्तान्तरण गरेका थिए ।

रास्वपा सरकार बनेपछि विदेशी कूटनीतिज्ञ र राजदूतसँग भेट्नुअघि परराष्ट्रमन्त्री शिशिर खनालमार्फत हुनुपर्ने भनिएको थियो । तर सोमबार प्रधानमन्त्री बालेनले भारतीय राजदूत (सहसचिवस्तरको कर्मचारी) सँग शिष्टाचार भेट गर्दा परराष्ट्र मन्त्रालयका कोही पनि प्रतिनिधि उपस्थित थिएनन् । प्रधानमन्त्री बालेनसँग शीतयुद्ध चलेकाले परराष्ट्रमन्त्री खनाल उपस्थित हुने कुरै भएन ।

ADVERTISEMENT

इपासपोर्ट छपाइ प्रकरणले प्रधानमन्त्री बालेन र परराष्ट्रमन्त्री खनालबीच मनमुटावको स्थिति छ । प्रधानमन्त्री बालेन र उनको सचिवालय टिम फ्रान्सेली कम्पनीलाई नै पासपोर्ट छपाइका लागि ठेक्का दिन चाहन्थे । तर अघिल्लो सरकारले जर्मनी कम्पनी भेरिडोसलाई नै पासपोर्ट छाप्न दिएपछि सम्बन्ध चिसिएको हो ।

ADVERTISEMENT