एजेन्सी । यमनमा हुथी विद्रोही समूहकाे मिसाइल र ड्रोन आक्रमणमा परी करिब ३८ सरकारी सैनिककाे मृत्यु भएकाे छ।

चिकित्सा स्रोतले बिहीबार आक्रमणमा परी २९ जना घाइते भएकाे दुई फरक एएफपीलाई जानकारी दिएकाे हाे। यो दुई पक्षबीच वर्षौंमा सबै भन्दा घातक दिनहरूमध्ये एक भएकाे एक सैन्य अधिकारीले एएफपीसँग बताएका थिए । मध्य यमनको मरिब प्रान्तको अल–रुवाइक क्षेत्रमा रहेको सैन्य शिविरमा आक्रमण भएको उनले जानकारी दिएका छन् ।

साउदी अरबसँगको सीमा नजिक हद्रमाउतको अल–अब्र र अल–वदियाह क्षेत्रका शिविरहरूमा पनि आक्रमण भएको उनकाे भनाइ थियाे । एक दशक भन्दा बढी युद्धमा फसेको यमन गत महिना अमेरिका–इरान युद्धको पछिल्लो मोर्चा बनेको छ । किनकी तेहरान समर्थित हुथी विद्रोहीहरूले साउदी समर्थित सरकारसँगको सन् २०२२ को युद्धविराम भंग गरेका छन् ।

ADVERTISEMENT

विद्रोहीहरूले राजधानी सानाका लागि इरानी विमानको सिधा उडानलाई स्वागत गरेपछि यसले पारस्परिक आक्रमण निम्त्याएकाे हाे । पछि उनीहरूले साउदी अरबको समुद्री नाकाबन्दी घोषणा गरी यसका ट्याङ्करहरूमाथि आक्रमण गर्न थालेका हुन् ।

ADVERTISEMENT