काठमाडौं — गृहमन्त्री सुधन गुरुङले राष्ट्रिय सभा बैठकमा आफ्नो अभिव्यक्ति आवश्यकभन्दा कडा भएको स्वीकार गर्दै सांसदहरूसँग माफी मागेका छन्।

यसअघि राष्ट्रिय सभामा विपद् व्यवस्थापनसम्बन्धी छलफलका क्रममा निर्मला पन्त हत्याकाण्डको विषय उठेपछि उनले आफूलाई उक्त विषयमा प्रश्न नगर्न भन्दै रोष्ट्रमबाटै कडा प्रतिक्रिया दिएका थिए। त्यसपछि उनको अभिव्यक्तिको व्यापक आलोचना भएको थियो।

ADVERTISEMENT

आलोचनापछि गृहमन्त्री गुरुङले पुनः राष्ट्रिय सभामा सम्बोधन गर्दै आफ्नो बोल्ने शैली ठाडो हुन पुगेको स्वीकार गरे। उनले सांसदहरूलाई सम्बोधन गर्दै भने, “हजुरहरूबाट हामीले धेरै सिक्न बाँकी छ। सिक्दै जानेछौं। मेरो तर्फबाट अलिकति ठाडो तरिकाबाट भयो जस्तो लाग्यो। यसका लागि म क्षमाप्रार्थी पनि छु। हजुरहरूलाई माफी पनि माग्न चाहन्छु।”

ADVERTISEMENT

उनले विपद् व्यवस्थापनको विषयमा छलफल भइरहेका बेला निर्मला पन्त हत्याकाण्डको प्रसंग जोडिएकोप्रति असन्तुष्टि जनाउँदै विषयकेन्द्रित छलफल हुनुपर्ने धारणा राखे।

“विपद् व्यवस्थापन विषयमा हामी छलफल गर्दै थियौं। तर विषयकेन्द्रित नभएर निर्मला पन्त हत्याकाण्ड जोडियो। किन यसरी घुमाइन्छ? निर्मला पन्त हत्याकाण्ड र मनसुनजन्य विपद् व्यवस्थापनको सम्बन्ध के? यसमा विषयकेन्द्रित हुनुपर्ला,” उनले भने।

ADVERTISEMENT