काठमाडौं। प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरेचनको शब्द रचना र चर्चित संगीतकार अलिस कार्कीको सङ्गीतमा आधारित ‘बाग्लुङ कालिका भगवति’ भक्तिगीतको रेकर्डिङ हालै सम्पन्न भएको छ। गीतमा स्वर चर्चित गायक शिव परियारले दिएका छन् भने सङ्गीत संयोजन बाबु प्रधानले गरेका छन्। रेकर्डिङ कार्य म्युजिक क्लाउड स्टुडियोमा राजेश कुमार श्रेष्ठको प्राविधिक संयोजनमा सम्पन्न भएको हो। उक्त गीत नवरात्री अगाडी स्रोताहरु माझ आइपुग्ने बताइएको छ। 

श्रद्धा र आस्थाको भाव
भक्तिपूर्ण भावनासहित तयार गरिएको यस गीतले बाग्लुङ कालिका भगवती मन्दिरप्रतिको श्रद्धा र आस्थालाई अभिव्यक्त गरेको गायक शिव परियारले बताएका छन्। उनका अनुसार, गीतले सांस्कृतिक धरोहरको संरक्षणमा समेत योगदान पुर्‍याउनेछ।

ADVERTISEMENT

अघिल्ला सिर्जना र योगदान
अशोक शेरेचन यसअघि पनि ‘तरुणी बन्दीपुर ’, ‘प्रार्थना’‘अर्को  साल ’ जस्ता गीतमार्फत साहित्यिक र सांगीतिक क्षेत्रमा आफ्नो सशक्त उपस्थिति जनाइसकेका छन्। बैंकिङ क्षेत्रमा व्यस्त पेशागत जीवन बिताउँदै पनि उनले सिर्जनात्मक अभिव्यक्तिलाई निरन्तरता दिँदै आएका छन्।

ADVERTISEMENT

पेशागत यात्रा र व्यक्तिगत पृष्ठभूमि
बैंकिङ क्षेत्रमा तीन दशकभन्दा बढीको अनुभव भएका शेरेचनले प्रभु बैंकलाई नेपालको अग्रणी वाणिज्य बैंकका रूपमा स्थापित गर्न महत्वपूर्ण भूमिका खेलेका छन्। नेतृत्व क्षमता, रणनीतिक सोच र ग्राहकमैत्री दृष्टिकोणका लागि परिचित उनी परिवारका साथ काठमाडौंमा बसोबास गर्छन्। बाग्लुङमा जन्मेका शेरेचनले आफ्नो जन्मभूमिसँगको सम्बन्धलाई सांस्कृतिक तथा धार्मिक कार्यमार्फत निरन्तर जीवित राख्ने प्रयास गर्दै आएका छन्।