काठमाडौं। व्यवसायी उपेन्द्र महतोले प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) मा बयान दिएका छन् । स्मार्ट टेलिकमलगायत प्रकरणमा सोधपुछका लागि सिआइबीले बोलाएपछि उनले बिहीबार बयान दिएका छन्।

महतो आफैं कार्यालयमा उपस्थित भएको र सोध्नुपर्ने विषयमा कुरा गरिएको सीआईबीका एक अधिकृतले बताए ।

ADVERTISEMENT

सरकारी नियन्त्रणमा रहेको स्मार्ट टेलिकमको सम्पत्ति गैरकानुनी रूपमा लिलामी गरी सरकारी हक टुटाउन खोजिएपछि सीआईबीले अनुसन्धान अगाडि बढाएको थियो। सोही प्रकरणमा गत वैशाख २२ गते तत्कालीन स्मार्ट टेलिकमका अध्यक्ष सर्वेश जोशी पक्राउ परेका थिए।

जोशीपछि लिलामी प्रक्रियामा पलिना श्रेष्ठ र नरेन्द्र उलकलाई पनि प्रहरीले पक्राउ गरेको थियो। सोही प्रकरणमा उपेन्द्रसँग प्रहरीले सोधपुछ गरेको बुझिएको छ।

ADVERTISEMENT