काठमाडौं । नागढुङ्गा-मुग्लिन सडकखण्ड अन्तर्गत धादिङ जवाङखोलामा पहिरो गएको छ ।
जसका कारण पृथ्वी राजमार्ग बन्द भएको जिल्ला प्रशासन कार्यालय चितवनले जानकारी दिएको छ ।
कार्यालयका अनुसार सडक अवरोधका कारण अहिले सबै प्रकारका सवारीसाधन आवतजावत रोकिएको छ । सडक अवरोध हटाउनासाथ अर्को सूचना जारी गरिने कार्यालयले जनाएको छ ।






