काठमाडौं । राप्रपा सांसद खुस्बु ओली प्रधानमन्त्री बालेन्द्र शाह बालेन र रास्वपा सभापति रवि लामिछानेमाथि खनिएकी छन् ।

उनले वर्तमान सरकार कुनै दुई शक्तिशाली व्यक्तिको राजनीतिक यात्रा सहज बनाउन वा कुनै व्यक्तिलाई काठमाडौं महानगरबाट सिंहदरबार तथा नख्खुबाट कुनै पार्टीको सभापति बनाउन गठन नभएको बताएकी छिन्।

ADVERTISEMENT

प्रतिनिधिसभाको मंगलबारको बैठकमा सरकारको आलोचना गर्दै ओलीले सरकार जनताको अपेक्षा र समस्याप्रति उत्तरदायी हुनुपर्नेमा जोड दिइन् । मिडिया हाउस र दलका सभापतिको घर अगाडि गाडी तेर्साएर वर्तमान सरकार मुख्य विषयलाई डाइभर्ट गर्न सफल भएको भन्दै कटाक्ष गरेकी थिइन् ।

ओलीले जेनजी आन्दोलनका घाइते तथा शहीद परिवारप्रति संवेदनशील बन्न आग्रह गरेकी छन्। सांसद ओलीले आन्दोलनका घाइतेहरू आफ्ना गुनासा लिएर सिंहदरबार पुग्दा उनीहरूलाई समस्या समाधान गर्नुको सट्टा ‘रास्वपाको सदस्य लिने हो कि होइन’ भन्ने प्रश्न सोधिएको भन्दै संघर्ष समितिको भनाइ उद्धृत गरिन्। उनले यस्तो व्यवहार लोकतान्त्रिक मूल्य र मान्यताविपरीत भएको टिप्पणी गरिन्।

ADVERTISEMENT

प्रधानमन्त्रीलाई सम्बोधन गर्दै ओलीले एकपटक शहीद परिवार र आन्दोलनका घाइतेहरूलाई प्रत्यक्ष भेटेर उनीहरूको पीडा सुन्न आग्रह गरिन्। साथै, उनले गृहमन्त्रीले हालै जेनजी आन्दोलनका घाइतेहरूको सम्मानजनक व्यवस्थापनका लागि संघर्ष समितिसँग २४ बुँदे सम्झौता गरेको उल्लेख गर्दै उक्त सम्झौताको प्रभावकारी कार्यान्वयन गर्न सरकारसँग माग गरिन्।